दुलेगौंडा । आर्थिक बर्ष २०७९/८० मा शुक्लागण्डकी नगरपालिकाको आन्तरीक राजस्व संकलनमा ४९ प्रतिशतले कमी आएको छ । २८ करोड ६९ लाख ९९ हजार ४०० रुपौंया आन्तरीक राजस्व संकलन गर्ने लक्ष्य राखेको शुक्लागण्डकी नगरपालिकाले १४ करोड, ६५ लाख ३ हजार ४४१ रुपौंया मात्रै संकलन गर्न सकेको छ । जुन कुल अनुमानको ५१.०४ प्रतिशत मात्रै राजश्व संकलन भएको देखिन्छ ।
यस बर्ष आन्तरीक राजस्व संकलनमा निर्धारीत लक्ष्य पुरा गर्न नगरपालिका असफल भएको छ । जहाँ नगरपालिकाले निजि जग्गा व्यवस्थापन, सरसफाई शुल्क र धरौटी सदर स्याहामा शुन्य उपलब्धी रहेको छ । नगरले घरबहाल कर, विज्ञापन कर, स्थानीय उत्पादन शुल्क, ढोरबाराही मन्दिर ,सिफरीस दस्तुर र नाता प्रमाणितमा लक्ष्यभन्दा बढी आम्दानी गरेको छ ।
राजस्व परार्मश समितिका संयोजक समेत रहेका नगरका उपप्रमुख खुमबहादुर विक राजुले नदिजन्य पदार्थ उत्खनन र निजि जग्गा उत्खननबाट नगरले यस बर्ष पर्याप्त कर संकलन गर्न नसकेको बताए ।
शुक्लागण्डकीले यस बर्ष विभिन्न शिर्षकबाट गरेको अन्तरीक आम्दानीको विवरण