एजेन्सी । प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छिन्।
सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेको आयोजक वन योङ वर्ल्डले जनाएको छ।
वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो। अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए। संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ।