दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक स्थल सिद्धिकाली मन्दिरमा साउन महिनामा भाकल पुजा नहुने भएको छ ।
साउनको महिनामा देवि पनि शिवको भक्त भई रहने हुदाँ उक्त समय वलि पुजा नहुने मन्दिरका व्यवस्थापन समितिका सचिव सञ्जय ढकालले जानकारी दिए । यस अविधिका नित्य पुजा भने भईरहने उनको भनाई छ । मन्दिरमा भ्रमण अवलोकन तथा मनोरञ्जनका लागि कुनै बन्देज नभएको उनले बताए ।