दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरमा साउन महिनामा भाकल पुजा नहुने भएको छ ।
साउनको महिनामा देवि पनि शिवको भक्त भई रहने हुदाँ उक्त समय वलि पुजा नहुने मन्दिरका पुजारी चिरञ्जीवि लम्सालले बताए । यस अविधिका नित्य पुजा भने भईरहने उनको भनाई छ ।
साउन महिनाको अन्तिम दिन बहाली पुजा पश्चात पुनः भाकल पुजा संचालन हुने पुजारी लम्सालले बताए । मन्दिरमा भ्रमण अवलोकन तथा मनोरञ्जनका लागि कुनै बन्देज नभएको उनले बताए ।