दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रको बजार क्षेत्रमा विद्युत र नेट ईन्टरनेटका तारहरु गन्जागोल रुपमा रहेको छ । विद्युतको पोल नै नदेखिने गरि तारहरु राखिएको छ । अस्त व्यस्त रहेका तारहरुका कारण आगोलागिको जोखिम बढेको दुलेगौंडाका स्थानीयहरु बताउछन् ।
अव्यवस्थित तारका कारण गएराती नगरपालिका गेट अगाडि रहेको विद्युत पोलमा पनि आगोलागि भएको थियो । बेला बेलामा विद्युत पोल आगोलागि र सट हुने गर्दा पनि स्थानीय सरकार र विद्युत प्राधिकरणले अव्यवस्थित तारको व्यवस्थापन गर्ने विषयमा मुखदर्शक बनिरहेको छ ।
विद्युतका पोलमा अव्यवस्थित रुपमा तारहरु राख्दा आगोलागि र दुर्घटनाको जोखिम बढि रहेको दुलेगौंडाका स्थानीय विवेक श्रेष्ठले बताए । उनका अनुासर नगरपालिकाले विद्युतका तारको सहि व्यवस्थापन गर्न र चोक चोकमा अग्नी नियन्त्रण उपकरण राख्नुपर्नेमा जोड दिए ।दुलेगौंडाका पदम बहादुर बानियाँले दुर्घटन र जोखिम नियन्त्रण गर्न नगरपालिकाले वेवास्था गरेको बताए । उनले दुर्घटना हुन नदिन दीघएकालिन नीति अबलम्बन गरि नगरपालिकाले कार्य गर्नुपर्ने बताए ।
वजार क्षेत्रमा अव्यवस्थित रहेको तारको व्यवस्थापन गर्न सके वजार क्षेत्रको सुन्दरता पनि वृद्धि हुन्छ भने विद्युत पोलमा आगलागि हुने जोखिप पनि कम हुन्छ । यसप्रति सम्बन्धीत निकाय सचेत हुनुपर्ने देखिन्छ ।