दुलेगौंडा । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च तनहुँ शाखाको २४ औं स्थापना दिवसको अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा पञ्चमुनीदेव माध्यमिक विद्यालयकी ममता अधिकारी प्रथम भएकी छिन् । ‘स्थानीय स्तरमा मानव अधिकार र सामाजिक न्याय कायम गर्न युवाहरुको भूमिका’ विषयमा भएको वक्तृत्वकला प्रतियोगीमा प्रथम भएसंगै अधिकारीले नगद ५ हजार साथमा प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
यसैगरि प्रतियोगितामा पञ्चमुनीदेव माध्यमिक विद्यालयकै पुनम सेन ठकुरी द्वितीय, खैरेनी माध्यमिक विद्यालयकी इशिका कुमाल तृतीय र जनकल्याण माध्यमिक विद्यालयकी सन्ध्या पोख्रेल सान्त्वना भएका छन् । द्धितीय, तृतीय र सान्त्वना हुनेले हुनेले क्रमशः ३ हजार, २ हजार र एक हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
तनहुँ शाखाकी अध्यक्ष लक्ष्मी सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च गण्डकी प्रदेशका अध्यक्ष शिवराज सुवेदी, गण्डकी प्रदेश सचिव तिर्थराज खनाल, शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य एवम् नगर शिक्षा समितिका सदस्य खिम कुमाल लगायतको उपस्थिती रहेको थियो ।