दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले बिहीबार दुलेगौंडाका बजार क्षेत्रमा रहेको मेडिकल, पोलिक्निक र भेटिनरी सेन्टरमा छड्के जाँच गरेको थियो । नगरपालिकाको अनुगमन पछि बन्द गरिएका भेटिनरीको सेन्टरहरुले भने नगरपालिकाको अनुगमनको धज्जी उडाउदै व्यवसाय संञ्चालन गरेका छन् ।
नगरपालिकाले ढोरबाराही दाना एण्ड चल्ला सप्लायर्स, दुलेगौंडा भेटेनरी सेन्टर र पौडेल भेटनरीलाई नियम भन्दा बाहीर रहेर व्यवसाय गरेको हुदाँ बन्द गराईएको थियो । नगरले ३ दिनभित्र सबै प्रक्रिया मिलाएर व्यवसाय गर्न आगह्र गरेता पनि नगरपालिका निर्देशनलाई वेवास्था गर्दै भेटनरी सेन्टर सञ्चालित छन् । यसले नगरपालिकाको अनुगमन फितलो रहेको प्रष्टै देखिन्छ ।
बिहीबारको अनुगमनको क्रममा ढोरबाराही र पौडेल भेटनरीले नविकरण नगरि, नियम विपरितका औषधि विक्रि गरेको थियो । उक्त औषधि नगरपालिकाले जफत गरि बन्द गराएको थियो भने दुलेगौंडा भेटेनरीले एउटै संस्थाबाट दुई ठाँउमा व्यवसाय संञ्चालन गरेको हुदाँ दुलेगौंडा चोकको व्यवसाय बन्द गरिएको थियो ।
लिखित निवेदन दिएपछि दुलेगौंडामा बन्द गरिएका नेपाल मेडिकल हल, विरेन्द्र स्वास्थ्य क्निक, सगरमाथा डेन्टल र शुक्लागण्डकी मेडिकल एण्ड डेन्टल, महर्षि आयुर्वेद फर्मा पुन संञ्चालनमा आएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नवराज गौतमले बताए । उनका अनुसार नगरको निर्देशन बिना सञ्चालित हाल संञ्चालित भेटिनरी सेन्टरलाई भने नगरपालिकाले आवश्यक कारबाही गर्ने बताए ।