पोखरा ।नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
गण्डकी प्रदेश सरकारले जयन्तीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गते बसेको बैठकको निर्णयअनुसार असार २९ गते शुक्रबार बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।