दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले दुलेगौंडामा संञ्चालीत स्वास्थ्य संस्थाहरुमा छड्के जाँच गरेको छ । नियमविपरित स्वास्थ्य संस्थाले सेवा प्रदान गरेको गुनासोपछि नगरपालिकाले अनुगमन गरेको हो । जहाँ मेडिकल, भेटिनरी सेन्टर र पोलिक्निकमा छड्के जाँच गरेको थियो ।
अनुगमनको क्रममा नगरले नेपाल मेडिकल हल, विरेन्द्र मेडिकल हल,सगरमाथा डेन्टल, शुक्लागण्डकी मेडिकल एण्ड डेण्टललाई तत्काल बन्द गरि प्रक्रिया पुराउनका लागि निर्देशन दिईएको छ । फार्मिसिस्ट विना मेडिकल र डेन्टल सञ्चालन गरिएको हुदाँ उक्त संस्थालाई तत्कालको लागि बन्द गरिएको हो ।
यसै गरि नगरपालिकाले ढोरबाराही दाना एण्ड चल्ला सप्लायर्स, दुलेगौंडा भेटेनरी सेन्टर र पौडेल भेटनरीलाई पनि बन्द गराएको छ । ढोरबाराही र पौडेल भेटनरीले नविकरण नगरि, नियम विपरितका औषधि विक्रि गरेको थियो । उक्त औषधि नगरपालिकाले जफत गरेको छ भने दुलेगौंडा भेटेनरीले एउटै संस्थाबाट दुई ठाँउमा व्यवसाय संञ्चालन गरेको हुदाँ दुलेगौंडा चोकको व्यवसाय बन्द गरिएका छ ।
नगरपालिकाको छड्के जाँचपछि केहि स्वास्थ्य संस्थाले नगरपालिकामा प्रक्रिया पु¥याई नविकरण गर्ने उपस्थित भएका नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नवराज गौतमले बताए । नगरले समय समयमा यसरी नै छड्के जाँच गरिरहने समेत बताए । आज नगरपालिकाले दुलेगौंडा भित्र संञ्चालित १८ वटा स्वास्थ्य संस्थामा छड्के जाँच गरेको थियो ।