दुलेगौंडा । तनहुँकाे घिरिङ गाउँपालिकाले १ हजार भन्दा बढी अदुवा उत्पादन गर्ने कृषकलाई अनुदान बितरण गरेको छ। गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत प्रतिब्यक्ती ५ हजार रुपैयाँको दरले अनुदान बितरण गरेको हो।
बुधबार गाउँपालिकाले एक कार्यक्रमका बिच १४४ जना अदुवा कृषकलाई ७ लाख २० हजार रुपैयाँ बितरण गरेको छ ।
कृषि क्षेत्रमा लागेका कृषकलाई प्राेत्साहन स्वरूप रकम वितरण गरेकाे गाँउपालिका अध्यक्ष हाेमबहादुर थापाले बताए । उनका अनुसार कृषि क्षेत्रमा ५ सय किलो प्याज, २ सय ५० किलो लसुन र ५ सय किलो बेसार उत्पादन गर्ने कृषकलाई समेत ५ हजार अनुदान दिईने छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारी, सुचना अधिकारी ध्रुव लामिछाने, कृषि शाखा प्रमुख रबि रामदाम, शिक्षा शाखा प्रमुख बाबुराम गैह्रे, गाउँपालिका अध्यक्षका स्वकिय सचिब राजकुमार थापाको उपस्थिति रहेको थियो।