दुलेगौंडा । असार २१ गते माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिकामै पञ्चमुनीदेव माध्यमिक विद्यालय प्रथम भएको छ भने संस्थागत विद्यालयतर्फ माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय प्रथम भएको छ ।
सामुदायीक विद्यालयतर्फ पञ्चमुनीदेव माध्यमिक विद्यालयकी प्रतिमा पौडेलले नगरपालिका भित्रका विद्यालय मध्ये उत्कृष्ट भएकी छिन् । उनले ३.९० जिपिए प्राप्त गरेकी थिईन् । उनि सामुदायीक र संस्थागत दुबैमा अगाडी रहेकी छिन् ।
खैरेनी माविका प्रशन्नराज र तालबेसी माविका समिर कठायले समान ३.८० जिपिए, जनकल्याण माविका दिपिन श्रेष्ठले ३.७५ जिपिए र गाउँफर्कोदय माविका हिरादेवी पौडेलले ३.६८ जिपिए प्राप्त गरेका छन् ।
यसैगरि परिक्षामा हंशबाहिनी माविकी नम्रता श्रेष्ठले ३.३५, अमरज्योती माविकी आकांक्षा ढकाल र जनप्रमी माविकी रजनी गौंतमले समान ३.३०, सरस्वती नमुना माविकी अनिसा थापा र आधारभुत मावि साँखेका निश्चल पौडेलले समान ३.२, शहिदकृष्ण माविका रमित विकले ३.१५, सरस्वती माविका सुरज घलेले २.९०, महेन्द्र माविकी आश श्रेष्ठले २.८, दिवस माविका वविता परियारले २.७५ र राजपुर माविका गौतम परियार र समिर घिमिरेले समान २.७० जीपिए प्राप्त गरेका छन् ।
यता संस्थागत विद्यालयतर्फ माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका खैरेनीटारका अन्वेश पाण्डे अगाडी आएका छन् । उनले कुल ३.८५ जिपिए प्राप्त गरेका छन् । उनको यो जिपिए संस्थागतमा प्रथम र समग्रमा द्धितीय हो ।
संस्थागत विद्यालयतर्फ अरनीको माविका कृष आलेले ३.८, ज्ञान बगैचाका निश्चल बस्नेतले ३.७५, सुर्यादयका अर्पन थापा र स्र्मती शाहीले समान ३.७ पिपिए प्राप्त गरेका थिए ।
यसैगरि लोटस र्वड स्कुलकी एन्जिला बाँनीयाले ३.६५, अरनीको माध्यमिक विद्यालय कवासेका सजना थापा, लिटल गार्डेन स्कुलका सुमि श्रेष्ठ र सुहिल रिमाल र प्रहरी र्बाेडिङ्ग स्कुलका अनिष पौडेल, ब्राईट फ्युचर मा विकी सृष्टि गौतमले समान ३.६ जिपिए ल्याएका छन् । वालविद्या मन्दिर माविकी ममता पौडेल र जीवजुना माविका कोहन कार्कीले समान ३.५० र कञ्चनजङ्घा स्कुलका रोशन आले मगरले ३.४० जीपिए प्राप्त गरेका छन् ।