काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पस र कलेजहरुको सूची सार्वजनिक गरेको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १ सय ७५ क्याम्पस/कलेजहरुको सूची सार्वजनिक गरेको हो । जहाँ तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा रहेको गण्डकी मन्टिपल कलेज पनि रहेको छ ।
यसअघि त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे खारेज किन नगर्ने ? भनेर सूचना प्रकाशित गरेको थियो । त्यति हुदाँ पनि गण्डकी मन्टिपल कलेज सहित देशभरका १७५ कलेजले नविकरण नगरेको खुल्न आएको छ ।
त्यसअनुसार सम्बन्धन नवीकरण नगरेका क्याम्पस÷कलेजको सूची सार्वजनिक गरिएको र त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पसरकलेजलाई नियमअनुसार कारबाहीको प्रकृया अगाडि बढाउने सूचनामा उल्लेख छ ।
साथै कुनै क्याम्पस नवीकरण प्रकृयामा भएको भएमा आधिकारिक कागजपत्र र प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।