काठमाडौं : मंगलबार बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा पाँच जनाको शव फेला परेको छ।
हेलिकप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए । अहिलेसम्म ५ जनाको मात्रै शव भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।