काठमाण्डौं । मंगलबार बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका विहान १० बजे उडेको मनाङ एअरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर लामाजुरा दुर्घटना भएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटना भएको स्थानमा उद्धारका लागि प्रहरी टोली परिचालन भइसकेको र सदरमुकामबाट घटनास्थलसम्म पुग्न करिब डेढ घण्टा लनग्ने बताएका छन् । उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । यात्रुको अवस्था अहिलेसम्म थाहा भएको छैन् । जसमा पाइलट नेपाली र अन्य यात्रु मेक्सिकन रहेका छन्।