दुलेगौँडा । बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौँडाले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच गरिदिएको छ । सहकारीले शुक्लागण्डकी २ गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी च्वयन धामको वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गराएको हो ।
तनहुँ सेवा हस्पिटलका मेडिकल अफिसर एमबिबिएस डा. राज गुरुङसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गराएका थिए । सहकारीले आश्रमका ज्येष्ठ नागरिकहरुको नियमित रुपमा प्रत्येक महिनाको अन्तिम सोमबार स्वास्थ्य परीक्षण गर्ने गरी आजबाट स्वास्थ्य परीक्षण्न कार्यक्रम सुरु गरिएका सहकारीका स्वास्थ्य संयोजक रामचन्द्र भण्डारीले जानकारी दिए ।
यो सहकारीले स्वास्थ्य गतिविधि संचालन गर्ने नीति लिएको हुदाँ सोही अनुरुप स्याहार सुसार गर्ने परिवार नभएर आश्रम आई बसेका ज्येष्ठ नागरिकहरुलाई सहकारीको तर्फबाट सकेको सहयोग गरौ भनेर कार्यक्रम गरिएको अध्यक्ष ज्ञानप्रसाद भण्डारीले बताए । सहकारीमा ४०० शेयरधनी सदस्य रहेका छन् । सहकारीले आफ्ना शेयरधनी सदस्यहरुलाई स्वास्थ्य संस्थासंग सम्बन्धित विभिन्न संस्थाहरुसंग समन्वय गरी विशेष छुटसहित स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ ।