दुलेगौंडा । खानेपानीको मुहान संरक्षण गर्नका लागि पछिल्लो समय शुक्लागण्डकी विद्युत तथा पलम्बर सेवा समितिले वृक्षारोपण कार्यक्रम गर्दै आईरहेको छ । जस अन्र्तगत सोमबार समितिले खैरेनीटार खानेपानीको मुहान जाम्दी वरिपरि वृक्षारोपण गरेको छ ।
समितिले विद्युत र पलम्बरसंग सम्बन्धीत कार्य गर्ने हुदाँ मुहान संरक्षण गर्न र भु-क्षय नियन्त्रण गर्नका लागि यस कार्य गरेको समितिका अध्यक्ष बालकुमार वाग्लेले बताए । उनका अनुसार व्यवसाहिक रुपमा मात्रै नभई सामाजिक हितका लागि पनि आफुहरुले कार्य गर्ने बताए ।
मुहान वरिपरि अमला, बडहर, सुमि, चाप, पिपल, तेजपत्ता, निम लगायतका विरुवा रोपिएको समितिका सदस्य मिलन सुवेदीले बताए । समितिले यसअघि शुकलागण्डकी–३ को कवासेटारको खानेपानीको स्रोत संकलन केन्द्र संरक्षणका लागि वृक्षारोपण गरेको थियो ।
विद्युत तथा पलम्बर समितिले खानेपानीको मुहान संरक्षण गर्नका लागि गरेको वृक्षारोपण कार्य उत्कृष्ट रहेको खैरेनीटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र उपाध्ययले बताए । आफुहरुले पनि विरुको संरक्षण गर्दै थप विरुवा लगाउने बताए ।