दुलेगौंडा । गत मंगलबार नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रक गायक रविन तामाङको निधन भएको थियाे । उनको निधनसंग नेपाली रक संगितकाे क्षेत्रमा ठूलाे धक्का लागेको छ ।
आईतवार उनको सम्झनामा दुलेगौंडा स्थित वि पि चाेकमा युथ सर्कलले दिप प्रज्जलन गरेको छ । साथै तामाङकाे सम्झनामा युथ सर्कलले उनका गीतहरू पनि गुनगुनाएका थिए ।
रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट हुन् । उनका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन् । साथै उनले छड्के–२ लगायतका चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।