तनहुँ । भोलिदेखि पानी पर्ने क्रम झन् बढ्ने अनुमान गरिएको छ । मनसुन सक्रिय हुने सङ्केत देखिएकाले भोलिदेखि केही दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताए । पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेको छ । पानी परिहाले पनि लगातारजसो झरी परेको छैन ।
तर, भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।