दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एकता टोलमा वृक्षारोपण गरिएको छ । टोलका सार्वजनिक स्थलको संरक्षण गर्दै सुन्दरता बढाउन वृक्षारोपण गरिएको स्थानीय रुपेश बरेलिले बताए ।
टोलले सार्वजनिक भवन, सडक छेमा वृक्षारोपण गरेको छ । डिभिजन बन कार्यालयबाट विरुवा ल्याएर वृक्षारोपण गरिएको स्थानीय मिलन सुवेदीले बताए । वृक्षारोपण कार्यमा टोलका स्थानीयहरुको सहभागिता रहेको थियो ।