लामो समय देखिको प्रतिक्षाको बिषय बनेको भुमि बर्गिकरण सम्पन्न गरी शुक्लागण्डकी नगरपालिकाले राजपत्रमा प्रकाशन गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाको भू उपयोग एन २०७६ र भू उपयोग नियमावली २०७९ बमजिम भू उपयोग परिषद् बाट पास परी यहि असार २१ गते निर्णय गरिएको नगरपालिकाले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
यो संगै अब नगरपलिका भित्रका जग्गा कित्ता काट र पासका लागी बाटो खुल्ला भएको छ । नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई निर्णय पठाईसकेको छ भने निर्णय संगै पठाईएको बर्गिकरणको विवरण अध्यावधिक कार्य सकेपछी मालपोत कार्यालयले शुक्लागण्डकी नगरपालिकाको जग्गा कित्ता काट र पास खुलाउने छ ।
भू बर्गिकरणको सबै विवरण हेर्न यहाँ क्लिक गर्नुहोला :