तनहुँ । यस बर्ष माध्यमिक शिक्षा परिक्षा (एसईई) मा तनहुँ जिल्लाबाट ‘सि प्लस ग्रेड’ ल्याउनेको संख्या बढी रहेको छ । बिहीबार सार्वजनिक भएको नतिजा अनुसार तनहुँ जिल्लामा ‘सि प्लस’ ग्रेड ल्याउनेको संख्या १ हजार ४५३ जना रहेको थियो ।
जिल्लाभरीमा ए प्लस ग्रेड ल्याउनेको संख्या १५२, ए ग्रेड ल्याउने संखया ५१४, बि प्लस ग्रेड ल्याउनेको संख्या ७८३ र बि ग्रेड ल्याउनेको संख्या १ हजार १८३ रहेको छ ।
यसैगरि परिक्षामा सि प्लस ग्रेड अर्थात सन्तोषजनक नतिजा ल्याउने संख्या १ हजार ४५३, सि ग्रेड ल्याउनेको संख्या ११८५, डि ग्रेड ल्याउनेको संख्या ३७४ र अवर्गिकृत नतिजा ल्याउनेको संख्या ४१ रहेको छ ।
तनहुँ जिल्लाबाट एसईई परिक्षामा ५ हजार ६८९ जना सहभागि रहेका थिए । सहभागि परिक्षार्र्थीमध्य ३.९५ जिपिए ल्याउनेले जिल्ला टप गरेको शिक्षा विकास तथा समन्वय ईकाई तनहुँले जनाएको छ ।