दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ र ९ जोड्ने झाेलुङ्गे पुलको मर्मत कार्य सम्पन्न गरिएको छ । शुक्लागण्डकी नगरपालिका र वडा नं ९ को कार्यालयको समन्वय एवं आर्थिक सहयोगमा मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले जिर्ण पुलको मर्मत गरेको हो ।
पुलमा रहेका डन्डीहरु भाच्चीएको र यात्रा गर्दा दुर्घटनाको जोखिम बढेकाले पुलको मर्मत कार्य गरिएको धामका अध्यक्ष अर्जुन लम्सालले बताए । ‘च्यवन धामको मातहतमा यतिबेल गौं संरक्षण केन्द्र पनि छ । जहाँ हामी बारम्बार गईरहन पर्छ । पुलका डन्डी भाच्चीएको हुदाँ हिडेर यात्रा गर्दा दुर्घटना हुने भयो । त्यसैले हामीले वडा र नगरसंग समन्वय गरेर यस काम गरेका हौं’ उनले भने ।
झलुङ्गे पुलले दुई वडालाई जोडेको छ । शुक्लागण्डकी–९ का अधिकांश नागरिक यहि पुलको बाटो हुदै दुलेगौंडा लगायतका बजार क्षेत्रमा आउने गर्दछन् । बाटो छोटो हुदाँ मोटरसाईकल, स्कुटर पनि यही बाटो बएर आफ्नो गन्तव्यसम्म पुग्ने गर्दछन् । पुल जिर्ण भएसंगै केही समय अगाडी सवारी साधनलाई प्रवेशमा रोक लगाईएको थियो । हाल यसको मर्मत कार्य गरि सम्पन्न गरि आम सर्वसाधरण र सवारी साधरणलाई यस बाटोमा यात्रा गर्नका लागि खुला गरिएको छ ।