दुलेगौंडा । तनहुँको व्यास नगरपालिका भित्र सञ्चालित ५ वटा निजि अस्पतालको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा व्यास नगरपालिकाले सिटी जनरल, समधान, नेशनल एपोलो, व्यास नगर र रत्नहरि हस्पिटलमा अनुगमन गरेको हो ।
यसअघि व्यास नगरपालिका–४ स्थित रत्नहरि अस्पतालको लापरबाही रहेको कुरा बाहीर आएपछि नगरपालिकाले नगरभित्रका सम्पूर्ण अस्पतालमा अनुगनम गरेको हो । अनुगमनको क्रममा प्राय अस्पतालले फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसकेको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनका अनुसार अस्पतालहरुलाई तत्काल फोहोरको उचित व्यवस्थापन गर्न निर्देशन दिएको बताए । अनुगमनको क्रममा केही अस्पतालको नविकरण नभएको, केहीको उपचार कक्ष व्यवस्थीत नभएको पाईएको बताए । साबैलाई एक हप्ताभित्र अस्पतालमा रहेको समस्या समाधान गर्न निर्देशन दिएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैहे्रले अस्पतालहरु नितिगत रुपमा सञ्चालन हुनुपर्ने बताए ।
अनुगमनमा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारी, व्यास नगरपालिकाको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङ लगायतको उपस्थिती रहेको थियो ।