तनहुँ । यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले बेहोर्ने भन्ने बिषय सर्वत्र आलोचना भईरहेको छ । यस विच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तनहुँले रचनात्मक तरिकाले विरोध गर्दै राष्ट्रपति पौडेलको उपचार खर्चको लागि जनस्तरबाट १÷१ रुपौंया संकलन गरेको छ ।
देशको आर्थिक अवस्था कमजो्र बन्दा राष्ट्रपतिले आफ्नो उपचार सरकारको ढुकुटीबाट गर्न उचिन नरहेको हुदाँ विरोध स्वरुप राष्ट्रपतिको उपचारको लागि १ रुपौंया संकलन कार्यक्रम गरेको अनेरास्ववियुका प्रदेश सदस्य सुमन श्रेष्ठले बताए । ‘‘यता जनता सिटामोल खान नपाएर मर्ने, उता राष्ट्रपतिका लागि सरकाले लाखौंको खर्च बेहोर्न तयार हुने । यो उचित हैनत् । त्यसैले सरकारलाई आर्थिक भार कम गराउनका निम्ती हामीले जनस्तरबाट १ रुपौंया संकलन गरेका छौं’ श्रेष्ठले बताए ।
जनस्तरबाट उठाएको रकम जिल्ला कमिटीले प्रदेश, प्रदेश कमिटीले केन्द्रलाई बुझाउने र केन्द्रिय कमिटीले राष्ट्रपतिलाई हस्तान्तरण गर्ने अनेरास्ववियुका जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
अनेरास्ववियु जिल्ला कमिटी तनहुँले आयोजना गरेको सहयोग रकम संकल कार्यक्रममा जिल्ला सचिब मनोज बानिया, भानुभक्त बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सुरेश पौडेल, अनेराश्ववियुका सदस्य सुसन पौडेल लगायतको उपस्थिती रहेको थियो । उनहरुले भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा र शुक्लागण्डकी–४ दुलेगौंडाको हेल्थपोष्ट क्षेत्रमा सहयोग रकम संकलन गरेका थिए ।