तनहुँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (आज) प्रकाशन गर्ने तयारी गरेको छ।परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार नतिजा बेलुकीसम्ममा प्रकाशन गर्ने तयारी छ ।
एसईई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए। बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गर्ने बताएको छ।
तनहुँबाट एसइइमा ५ हजार ७६६ परीक्षार्थी सहभागी रहेका थिए ।