दुलेगौंडा । तनहुँकाे घिरिङ गाउँपालिकाले दलित समुदायलाई बाजा र आरनका सामाग्री वितरण गरेको छ । दलित समुदायको उत्थान गर्न साथै परम्परागत पेशा र तथा कला र संस्कृतिको संरक्षणको लागि गाउँपालिकाले नौमती बाजा तथा आरान सामाग्री वितरण गरेको छ ।
गाउँपालिकाले आईतवार तीन समूहलाई नौमती बाजा तथा दस जनालाई आरानको सामाग्री बितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पराम्परागत पेशा तथा कला र संस्कृतीको संरक्षणको लागि ति सामाग्री वितरण गरिएको बताए ।
कार्यक्रममा दलित उत्थान समन्वय समितिका अध्यक्ष मिलन गैह्रेको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।