तनहुँ । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिको संरक्षणमा योगदान पुर्याएको मानिन्छ ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ ।