काठमाण्डौ – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकको यात्रा अनिश्चित बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गएको बिहीवार दिउँसोदेखि लगातारजसो पहिरो गइरहेको छ । पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि फेरि बन्द हुँदा यात्रुलाई सास्ती भएको छ ।
गएको बिहीवार यता यो सडक मुस्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ । सडकमाथिको पहाड पुरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ ।
अझै दुई तीन दिन सकेसम्म यो सडकको यात्रा नगर्न सडक डिभिजन कार्यालय भरतपुरको अनुरोध छ।