दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ तनहुँ खैरेनीटार र लियाे क्लब अफ खैरेनी-दुलेगौंडा मन्त्रले शुुक्रबार पदहस्तान्तरण कार्यक्रम गरेको छ ।
लायन्स बर्ष २०२२/०२३ का अध्यक्ष नारायण प्रसाद पाेख्रेलकाे टिमले लायन्स क्लबका बर्ष २०२३/२४ का अध्यक्ष प्रमाेद लामिछाने नेतृत्वकाे टिमलाई र लियाे बर्ष २०२२/०२३ का अध्यक्ष प्रज्वल गुरूङकाे टिमले लियाे क्लबका बर्ष २०२३/२४ का अध्यक्ष निरञ्जन श्रेष्ठकाे टिमलाई पद हस्तान्तरण गरेको थियाे ।
बर्ष २०२२/०२३ मा तनहुँ-खैरेनीटारले जिल्लामै उत्कृष्ट कार्य गरेको लायन्स क्लब अफ ईन्टरनेश्वल रिजन `वि´ का रिजन चियर पर्सन राजकुमार श्रेष्ठ बताए । सानाे याेगदानले ठूलो समस्य समाधान हुने हुदाँ क्लबले साेही अनुसार कार्य गर्दै जान आग्रह गरे ।
क्लबका २०२३/०२४ का अध्यक्ष प्रमेदले आफ्नो कार्यकालमा वृक्षारोपण कार्यक्रम, रक्तदान, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, विपन्न नागरिकको स्वास्थ्य विमा, जीपि काेईरालामा डाईलाेसिसकाे मेसिन ल्याउन पहल गर्ने, अपांगता भएका नागरिकलाई आवश्यक सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका अध्यक्ष नारायण पाेख्रेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष समुन्द्रराम श्रेष्ठ, जाेन चियर पर्सन सुजित हिराचन, कृष्णहरि गैह्रे, निवर्तमान अध्यक्ष पिताम्बर तिम्सीना लगायतको उपस्थिति रहेको थियाे ।