दुलेगौंडा । मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस मनाईदै छ ।
नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । सोही दिनदेखी हरेक बर्ष असार १५ को दिन राष्ट्रिय धान दिवस मनाईदै आएको छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने गरिन्छ । साथै आजको दिन दहि चिउरा खाएर पनि असार १५ मनाईन्छ ।
तनहुँको विभिन्न क्षेत्रमा आज असारे मेला आयोजना गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको घोर्मे, खैरेनीटार लगाएतका क्षेत्रमा रोपाई मेला पनि आयोजना गरिएको छ ।