काठमाण्डौ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजानको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।
मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताए । उनका अनुसार बकर इदमा मक्का मदिना जानु शुभ मानिन्छ ।
सरकारले पनि आजको दिन बकर इद मनाउ देशभरी सार्वजनीका विदा दिएको छ ।