तनहुँ । आर्थिक बर्ष २०७९/८० को कामको सबै भुक्तानि असार २४ गतेभित्र गरिसक्न महालेखाले संघ, प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ । आर्थिक वर्षको अन्तमा हतारमा कागज मिलाउने र भुक्तानी माग्ने प्रवृत्ति बढि हुने हुदाँ सबै भुक्तानि असार २४ भित्र गर्न महालेखाको परिपत्र गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै २४ गतेपछि भुक्तानी रोक्न भनेको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको हो ।