तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ५५ मेगावाट विद्युत उत्पादन गरिएको छ । हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको मर्स्याङ्दी जलविद्युत् केन्द्रले जनाएको छ ।
६९ मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले ५५ मेगावाट उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए ।
साँझ ५ देखि १० बजेसम्म र बिहान ५ देखि १० बजेको समयमा बढी विद्युत् खपत हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूर्ण क्षमतामै उत्पादन गर्ने गरिएको केन्द्रले जनाएको छ ।