दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमबाट ठगी गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका घर भएको बर्ष २४ का गोपाल श्रेष्ठ र विनोद श्रेष्ठ रहेका छन् ।
अपाङ्ग जीवन विकास संस्था, गौडाको–२ नवलपरासी संस्थाको नाम बिकाएर उनिहरुले ठगी गरेको आरोप छ । स्थानीयका अनुसार विल प्याड देखाएर अरुले धेरै पैसा दिएको हुदाँ तपाईले पनि हजार, दुई हजार जति दिनुपर्छ भन्दै बाध्य गराएका थिए ।
विहानैबाट सबैसंग सहयोगको नाममा धेरै पैसा मागेको हुदाँ आफुहरुले सहयोग उठाउने व्यक्तिको विल हेर्दा लिएको रकम र विलको रकम फरक रहेको पाएको स्थानीय रुपेश बरेलीले बताए ।
ठगि गर्नेलाई सोमबार दिउसो वडाध्यक्ष नारायण सिं थापा र स्थानीयको रोहोबरमा रकम असुलि गर्दै हिड्नेकाे सम्पूर्ण सामान जफत गरि प्रहरीलाई जिम्मा लगार्ईएको छ । उनिहरुले संस्थागत नाममा व्यक्तिगत स्वार्थको लागि ठगि गरिएको बुझिन आएको छ ।