दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याउने भएको छ । आईतबार भएको नगर सभामा पेश भएको आ.व २०८०÷८१ को नीति तथा कार्यक्रम माफर्त नयाँ आ.व मा सुर्य नेपाल प्रा.लि. को आर्थिक सहयोग र श्री नं ३ बाहिनी अड्डा खैरेनीटारले संचालनमा सहयोग गर्ने गरी वारुणयन्त्र (दमकल) संचालनमा ल्याउन लागीएको हो ।
पोखरा र दमौलीमा वारुणयन्त्र भएता पनि यस क्षेत्रमा कुनै निकाय संग पनि नहुँदा नागरिकहरुले नगरपालिकाले दमकल संचालनमा ल्याउनलाई दबाब परेको थियो । संचालन एवं ब्यबस्थापनको हिसाबले दमकल राख्न सहज नहुने भन्दै नगरपालिकाले यस अघि दमकल ल्याउने निर्णय गर्न सकेको थिएन । यस पटक भने विभिन्न निकायसंग समन्वय गरि सञ्चालनमा ल्याउन लागिएको हो ।