दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रको व्यवस्थापन अब मुक्तिनाथ शुक्लागण्डकी धामले गर्ने भएको छ । यसअघि नगरपालिका आफैले गरिरहेको कार्यको जिम्मेवारी धामले लिएको हो ।
गौं संरक्षण केन्द्र सुधार गर्दै थप व्यवस्थित बनाउन धामले जिम्मेवारी लिएको अध्यक्ष होमनाथ लम्सालले बताए । ‘यस अघिसम्म नगरपालिकाले पूर्ण रुपमा व्यवस्थापनको जिम्मेवारी लिएको थियो । नगरपालिकाले सुचना मार्फत आव्हान गरेको थाहा हुन् आएपछी हामीले थप व्यवस्थित गरेर अगाडी बढ्यो योजना सहित जिम्मेवारी ग्रहण गरेका हौं’ उनले भने । नेपालको राष्ट्रिय जनावर गाई रहेको र हिन्दु धर्मावलम्बीले पनि पुज्ने हुदाँ गाईको व्यवस्थापन धामले गर्न लागेको अध्यक्ष लम्सालले बताए । उनले नगरपालिकाले उक्त गौ केन्द्रमा गर्दै आएको खर्च धामको ब्यबस्थापनमा खर्च गर्ने गरी सम्झौता भएको र औपचारीक रुपमा धाम संगै सम्झौता भएता पनि धाम समितिले सबै नगरवासी संग समन्वय गरेर मात्रै अगाडी बढ्ने बताए ।
धामले नसरपालिकासंग सम्झैता गरेर जिम्मेवारी ग्रहण गरेको छ । व्यवस्थापनको जिम्मेवारी धामले लिए पनि आवश्यक समन्वय नगरपालिकाले गरिदिने भएको छ ।