दुलेगौंडा । सामाजिक कार्यमा क्रियाशील रहेको लायन्स क्लब अफ तनहुँ खैरेनीटार र लियो क्लब अफ दुलेगौंडा खैरेनीटार मन्त्रले शुक्लागण्डकी नगरपालिका–७ की मृगौला पिडित धन कुमारी गुरुङ्ग लाई उपाचारको लागि आर्थिक सहयोग गरेको छ ।
शनीबार क्लबले उनको उपचारको लागि नगद १२ हजार ५५० सहयोग गरेको छ भने क्लबका सचिव सुरेन्द्र श्रेष्ठले व्यक्तिगत रुपबाट ८ हजार ५०० रुपौंया सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर रहेकै कारण क्लबमार्फत आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष नारायण पोख्रेलले बताए ।
क्लबले सोही दिन शुक्लागण्डकी नगरपालिका–६ का ३ वटा विपन्न परिवारको लागि ३ लाख रुपौयाँ बराबरको स्वास्थ्य विमा गरिदिएको छ । चन्द्र माया राना, मिठु परियार र धन बहादुर तारुङ मगरको परिवारका लागि प्रति परिवार १/१ लाख बराबरको स्वास्थ्य विमा गरिदिएको क्लबका अध्यक्ष पोख्रेलले बताए ।
क्लबले यस अगाडि पनि शुक्लागण्डकी–७ का १० विपन्न परिवारको स्वास्थ बिमा तथा सरस्वती नमुना माविमा आकस्मिक उपचार कक्ष स्थापना गरिसकेको छ।