दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा घाँस रोपिएको छ । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानको आयोजना र स्थानीयको जन श्रमदानमा घाँस रोपिएको हो ।
हिउदमा हुने घाँस अभावलाई कम गर्नका लागि गौं संरक्षण परिसरमा जेठ ६ गतेदेखी सरसफाई तथा घाँस रोपण कार्य सुरु गरिएको थियो । अभियानको सातौं कार्यक्रममा पनि घाँस रोपण गरिएको हो ।
अभियानले सिचाईको लागि सुरौदि खोलाबाट पानी ल्याउने कार्यक्रमका संयोजक विज्ञमन भण्डारीले बताए । ‘हामी घाँस लगाउदै छौं । घाँसको लागि आवश्यक पर्ने पानी सुरौदी खोलाबाट ल्याउदै छौं’ उनले भने ।
गौ संरक्षण केन्द्रमा रहेको उजाड चौरलाई घाँसे मैदानमा रुपान्तरण गरी गाईलाई आहाराको व्यवस्था गर्न निरन्तर श्रमदान गरिएको अभियानका संयोजक शंकर पन्तले बताए । अभियानको कार्यमा विभिन्न संघ संस्था, विद्यार्थी, समाजसेवीले घाँस, चोक्कर, नुन सहयोग गर्दै आएको बताए ।