दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सेवा सुविधा वापत पाएको रकम विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । सेवा सुविधा नलिने घोषणा गरेका पण्डितले सेवा सुविधा वापत प्राप्त रकमबाट विपन्न परिवार, भवन तथा सडक निर्माण, सडक बत्ती जडान लगायतका सामजिक कार्यमा सहयोग गरेका हुन् ।
मेयर पण्डितको सचिवालयका अनुसार उनले निर्वाचित भएयता ४ लाख १८ हजार २९४ रुपैयाँँ आर्थिक सहयोग गरेका छन् । जसमा २८ विपन्न परिवारलाई परिवार संसख्या हेरि रु २ हजारदेखि १० हजारसम्म गरी कुल रु ९१ हजार ८५० सहयोग उपलब्ध गराएका छन् । विपन्न वर्गको उपचारमा दुई जनालाई ८ हजार, सामुदायिक भवन निर्माणमा १ लाख ५८ हजार ४४४, सडक निर्माणमा १ लाख ५० हजार र सडक बत्ती जडानमा १० हजार गरी कुल ४ लाख १८ हजार २९४ रुपैयाँ सहयोग गरेका हुन् । मेयर पण्डितले आफ्नो खातामा आउने सेवा सुविधा निरन्तर रुपमा आवश्यकता हेरी दिनदुःखी, असाहय, अशक्तहरुको सेवा र सामाजिक कार्यमा खर्च गर्ने बताए ।