काठमाडौं । मनसुन सुरु भएसंगै बाढी पहिरोको जोखिम बढी हुन्छ । एक सातामा मात्रै देशभरीमा बाढी र पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन् भने २६ जना बेपत्ता भएको गृहमन्त्रालयको विपद व्यवस्थापन महाशाखाले जनाएको छ ।
गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार एक साताको बिचमा ताप्लेजुङ, कास्की, भोजपुर, गोरखा, नुवाकोट र तनहुँ गरि ९ जनाको ज्यान गएको छ । संखुवासभामा २० जना तथा ताप्लेजुङ र पाँचथरमा ३/३ जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी ८ जना घाइते भएका छन् ।