दुलेगौंडा । पतञ्जली योग समिति शुक्लागण्डकीले नवौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा रहेको वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।
समितिले योग दिवसको उपलक्ष्यमा संचालित सप्ताहब्यापि कार्यक्रम अन्र्तगत रहेर खाद्यान्न सामग्री सहयोग गरेको हो । जहाँ उनिहरुले चामल, तेल, दाल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको छन् ।
पतञ्जली योग समिति शुक्लागण्डकी अध्यक्ष दिपक श्रेष्ठ साथमा युवा नेपाल समिति, तनहुँका अध्यक्ष ऋतु भुवाई, महिला योग समिति तनहुँका अध्यक्ष पार्वती पौडेल, समितिका सदस्य एकनारायण गौतम,बालकृष्ण विक, नविन श्रेष्ठ लगायतको उपस्थिती उक्त खाद्यान्न सामग्री सहयोग गरिएको हो ।