दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा योगा गरि नवौं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । पतञ्जली योग समिति शुक्लागण्डकीको आयोजनामा सामुहीक रुपमा योगा गरि योग दिवस मनाइएको हो ।
‘हरेक आँगनमा’ योग भन्ने नारा सहित योग दिवस मनाईएको योग युवा नेपाल समिति, तनहुँका अध्यक्ष ऋतु भुवाईले बताए । विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीलाई योगा गर्नु सिकाउन आफुहरु प्रतिबद्ध रहेको बताउदै नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले मानव जीवनमा योगको ठूलो महत्व रहेको बताए । उनले योग समितिले सञ्चालन गर्ने हरेक कार्यक्रममा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पतञ्जली योग समिति शुक्लागण्डकी अध्यक्ष दिपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले, महिला पतञ्जली समित तनहुँकी अध्यक्ष पर्वती पौडेल, पतञ्जली योग समितिका अजिवन सदस्य लक्ष्मी थापा पौडेल लगायतको उपस्थिती रहेको थियो भयो सहजिकरण एकनारायण गौतमले गरेका थिए ।