दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट¸नीति तथा कार्यक्रमका लागि जनस्तरबाट वृहत सुझाव संकलन गर्ने भएको भएको छ ।
मंगलवार बसेको नगर कार्यपालिका निर्यण अनुसार नगर सभालाई थप सहभागितामुलक बनाउन सर्वपक्षीय सुझाब संकलन अभियान चलाउन लागेको हाे । सुझाब संकलन कार्यक्रम अन्तर्गत बुधबार बिहान राजनैतिक दल, नागरिक समाज, बिषयगत विशेषज्ञ, बुधबार दिउसो उद्योग बाणिज्य संघ, युवा क्लब, टोल बिकास, सामजिक संघ संस्था, मजदुर निर्माण ब्यबसायी संग सुझाब संकलन गर्ने जनाएको छ ।
त्यसैगरी बिहिबार बिहान बैक तथा बित्तिय संस्था, महिला, आदिबासी जनजाती, बालबालिका, जेष्ठनागरिक, दलित, अल्पसंख्यक, मुश्लिम संग र दिउसो कृषक, बन र खानेपानीका प्रतिनिधि संग छलफल गर्ने भएको छ । कार्यक्रम नगरपालिका परिसरमा हुने भएको छ ।
नगरले सुझाव संकलनका निम्ति सार्वजनिक गरेको तालिका