दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, १२ र पोखरा महानगरपालिका–३३ का स्थानीयहरुले आफ्नो क्षेत्रमा हुने चोरी नियन्त्रण गर्न अग्रसर अग्रसर भएका छन् ।
ढोरतालवेसी क्षेत्र, लिलाचोक, रातामाटा, मजुवा, मालेबगर, शान्तिटोल, भाँटडाँडा टोल र चुवादी क्षेत्रमा बाख्रा, कुखुरा, मैरीका घार, पानी तान्ने मोटर लगायतका चोरी बढेपछि स्थानीयहरुले नियम बनाएर चोरी नियन्त्रण गर्ने कार्यमा अग्रसर भएका हुन् ।
गाँउ र टोलको भेलाले चोरी नियन्त्रण गर्नका लागि ६ वटा नियम लागु गर्ने भएको छ । जहाँ रातको ९ बजेपछि होटल र किराना पसल पूर्ण रुपमा बन्द गर्ने, रातको १० बजेपछि मदिराजन्य पर्दाथ विक्रि वितरण गर्न, खोलामा माछा मार्न नपाईने, पकिनिक र बनभोज रातको ११ बजेसम्म पाईने् जसको लागि प्रर्व जानकारी गराउनुपर्ने लगायतका निर्णय गरेका छन् ।
गाँउ र टोलले गरेको निर्णय उल्लङ्घन गरेको खण्डमा गाउँको भेला बसेर आवश्यक कारबाही गर्ने टोल सुधार समितिका संयोजक दिपक सुनारले बताए । उनका अनुसार भेलाबाट १८ जनाको समुह बनाएको र उक्त समुहले गाउँ, टोलमा भएको हरेक गतिविधिको निगरानी गर्ने छ ।