दुलेगौंडा । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोले पुरिएर घाईते भएका थप एक जना मजदुरको निधन भएको छ । मंगलबार विहान उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षका बलबहादुर राईको पोखरामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोमबार बर्षको कारण मुग्लिन–पोखरा सडक योजनामा काम गर्ने तीन जना मजदुरलाई सडक माथिबाट खसेको पहिरोले पुरेको थियो । सोमबार नै झापाको शिवशताक्षी नगरपालिका–७ का ३३ बर्षीय भिम भुजेलको मृत्यु भएको थियो । पहिरोमा पुरिएका तीन जना मध्य झापाको शिवशताक्षी–७ का ४५ वर्षका कृष्ण लिङ्देनको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।