दुलेगौँडा । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ः ५० बजे सडक माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर झापाको शिवशताक्षी नगरपालिका–७ घर भई मुग्लिन(पोखरा सडक योजनामा काम गर्ने वर्ष ३३ का भिम भुजेलको मृत्यु भएको हो । अन्य दुई जना कामदार पनि घाइते भएको प्रहरीले जनाएको छ । भुजेलको उपचारकै क्रममा दमौली अस्पतालमा ज्यान गएको हो ।
घाइते हुनेहरुमा सोही ठाँउका वर्ष ४५ का कृष्ण लिङदेल र उदयपुर कटारी नगरपालिका ७ का ४० बर्षिय बल बहादुर राई रहेका छन् । घाइते लिङदेनको रत्नहरी अस्पताल दमौलीमा उपचार भई रहेको छ भने राईलाई प्राथमिक उपचार पश्चात् पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।