दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका र पाकिस्तानको बालोचिस्तान प्राप्तका प्रतिनिधिहरु अन्तरक्रिया भएको छ । मंगलबार बालोचिस्तान प्राप्तका प्रतिनिधि शुक्लागण्डकी नगरपालिकामा आएर अन्तरक्रिया गरेका हुन् । उनिहरुले नगरपालिकाको सेवा प्रवाह संचालन केन्द्र र समुदायमा आधारित विकासको सम्बन्धको बिषयमा अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै बालोचिस्तान प्राप्तका प्रतिनिधिमण्डलले नगरपालिकाले संचालन गरेको सेवा प्रवाह संचालन केन्द्र र सामुदायिक विकास सम्बन्धी असल अभ्यासलाई बलुचिस्तान प्रान्त अन्तर्गतका स्थानीय तहहरुमा अवलम्बन गर्न सहजीकरण गर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले सामुदायिक सहभागितात्मक विकासतर्फ, सब ईन्जिनियर मोहम्मत तमन्ना आलमले सेवा प्रवाह केन्द्र संचालन र व्यवस्थापन र सब ईन्जिनियर राजन गुरुङले टोल विकास संस्थालाई परिचालित गरी नगरपालिकामा संचालन भएका भौतिक पूर्वाधार विकासका गतिविधिको सम्बन्धमा प्रस्तुतिकरण राखेका थिए । भने छmफलको क्रममा आएका जिज्ञाशालाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले सहजिकरण गरेका थिए ।
कार्यक्रममा शुक्लागण्ढकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक (राजु), नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदी लगायतको उपस्थिती रहेको थियो ।