दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले शुक्लागण्डकी–६, देउरालीमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा नगरपालिकाले स्वास्थ्यकर्मी खटाएको छ । जेठ २१ गते यहाँका स्थानीयहरु स्वास्थ्य केन्द्रबाट ४ महिनादेखि सेवा नपाएको भन्दै नगरपालिकामा डेलिकेशन आएपछि स्थानीयको मागको सम्बोधन गरि नगरेले स्वास्थ्यकर्मी पठाएको हो ।
स्थानीयहरुले नगरपालिकामा आएर माग राखेपछि मेयर कृष्णराज पण्डितले तत्कालै सेवा प्रवाह संचालन गर्ने गरी कर्मचारी पठाउन निर्देशन दिएका थिए ।
सोही अनुरुप स्वास्थ्य शाखा प्रमुख डिबी थापाले कर्मचारीको व्यवस्था मिलाएका हुन् ।त्यसैगरी स्थानीयले हाल स्वास्थ्य शाखामा खाली रहेको कार्यालय सहयोगी पद पनि तत्कालै पुर्ति गर्न माग गरेका छन् ।