दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ स्थित पुल्चोक क्षेत्रमा रहेको हेलेटार शिवालय परिसरमा सरसफाई गरिएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी ढोरफिर्दी उपशाखाले उक्त सरसफाई कार्यक्रम गरेको हो ।
मन्दिर जिर्ण रहेको हुदाँ यसको संरक्षणमा आम नागरिक र सरकारको विशेष ध्यान जानुपर्ने रेडक्रस सोसाइटी ढोरफिर्दी उपशाखा अध्यक्ष विष्णुप्रसाद पोख्रेलले बताए । सेवा नै सबैभन्दा ठूलो धर्म रहेको हुदाँ सार्वजनीक र ऐतिहासीक क्षेत्रको संरक्षण, प्रवद्र्धनमा सबै जुट्न आवश्यक रहेको बताए ।
मन्दिरको संरक्षण र विकासको लागि केही समय अघिमात्रै हेलेटार शिवालय व्यवस्थापन समिति गठन गरिएको समितिका अध्यक्ष परशुराम भण्डारीले बताए । उनका अनुसार हाल समितिले यसको संरक्षणको लागि नगर र प्रदेशमा बजेट माग गरेको र डिपिआर तयारीको काम भईरहेको बताए । करिब ९ रोपनि क्षेत्रफलमा फैलियको यस मन्दिरलाई ऐतिहासिक क्षेत्रको रुपमा विकास गर्न अग्रसर भईरहेको बताए ।
सरसफाई कार्यक्रममा सोसाइटीका पदाधिकारी, आम सर्वसाधारण नागरिकोको उपस्थिती रहेको थियो । सेती नदिको छेउमा रहेको यस क्षेत्रमा हरेक बर्ष एकादशिका दिन मेला लाग्ने गर्दछ ।