दुलेगौंडा । अबैध रुपमा नदिजन्य पर्दाथ उत्खनन्मा संलग्न ३ वटा ट्याक्टरलाई शुक्लागण्डकी नगरपालिकाले नियन्त्रणमा लिएको छ । बुधबार शुक्ला न्यूजले वडा नम्बर ८ किमलडाँडामा अबैध उत्खनन् गरेको विषय सार्वजनीक गरेपछि नगरपालिकाले उत्खनन्मा संलग्न ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
शुक्रबार विहान उत्खनन्मा संलग्न ६ वटा ट्याक्टर मध्य ग १ त ४१९८, ग १ त ५८७४, ग १ त २५८० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । नगरले अझै ग १ त १८९२, ग १ त ४०६० र ग १ त ६५९७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिन सकेको छैन् । नगरले नियन्त्रणमा लिएका ३ वटा ट्याक्टरलाई मात्रै कारबाही गरेर छोड्यो भने बाँकी ट्याक्टरलाई कारबाहीको दायरामा ल्याउन नगरपालिका चुक्ने छ । यस प्रति नगरपालिका सजक हुनुपर्ने देखिन्छ ।